तपाईं का केहि लेख रचना छन भने हामी लाई दिनुहोस हामी यस साईट मा स्थान दिनेछौ   यहाँ क्लिक गर्नुहोस रचना का लागि l

प्रचण्डले फेरि दिए विद्रोहको चेतावनी


१७ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रगमनकारी र प्रतिगमनकारी शक्तिबीच संघर्ष जारी रहेको भन्दै जनताले विद्रोह गरेर आफ्नो भाग्य आफैँले फैसला गर्ने बताउनु भएको छ । कसले सहमतिका लागि साँचै पहल गरेको छ र को कुर्सीका निम्ति मरिमेटेको छ भनेर जनताले हेरिरहेको भन्दै उहाँले यथास्थितिबादीहरुले यसलाई बुझ्न नसके विद्रोह गर्ने चेतावनी दिनुभयो । 

          ‘समस्या समाधानको निम्त कसले आफ्नो तर्फबाट त्याग गर्न तयार भयो र कसले त्याग गर्न तयार भएन, को साँचै कुर्सीको निम्ति मरिमेटेको छ त्यो नेपाली जनताले हेरेको छ’ शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले भन्नुभयो-’यदि यथास्थितिबादीहरुले यसलाई बुझेनन् भने एक दिन त्यस्तो दिन आउनेछ, जनताले फेरि नयाँ ढंगले विद्रोह गरेर आफ्नो भाग्य आफैँले फैसला गर्ने छन् ।’ आफू दलहरुबीच सहमति जुटाउन प्रयासरत रहेको भन्दै उहाँले छिट्टै सहमति जुट्ने विश्वास व्यक्त गर्नुभयो ।

 माओवादी अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुने दौडमा नरहेको र लोकतान्त्रिक आन्दोलनको उपलब्धी रक्षाका लागि चिन्तित रहेको बताउनु भयो । संविधानसभाको निर्वाचनलाई सफल बनाउन सबै दलहरु मिल्नुको विकल्प नभएको भन्दै प्रचण्डले भन्नुभयो-’दलहरुकै सहमतिमा राष्ट्रिय सहमतिको सरकार गठन हुन्छ ।’ वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकारमा परिणत गरेर अगाडि बढ्नु नै संवैधानिक र व्यावहारिक भएको उहाँको भनाइ थियो ।

Share this post

Post a comment

Next Post
Newer Post
Previous Post
Older Post