तपाईं का केहि लेख रचना छन भने हामी लाई दिनुहोस हामी यस साईट मा स्थान दिनेछौ   यहाँ क्लिक गर्नुहोस रचना का लागि l

अलपत्र करिश्मा

काठमाडौ, जेष्ठ ६ - करिश्मा गत बुधबार बैंककमा अलपत्र परिन्, अलपत्र पर्ने अवस्था पनि उनी आफैंले सिर्जना गरेकी थिइन्।
karisma
२४ घण्टापछि उनी नेपाल त फर्किइन् तर अलपत्र पर्ने कारण सुन्दा जो-कोही हाँस्न बाध्य हुन्छन्। रोशन हमाल निर्देशित चलचित्र रङको प्रदर्शनका लागि चलचित्र युनिटसहित उनी जापान पुगेकी थिइन्। जापानबाट नेपाल र्फकने क्रममा बैंककमा उनको ट्रान्जिट थियो। ट्रान्जिटमा केही समय कुर्नुपर्ने भएपछि आराम गरिरहेकी करिश्मा यसरी निदाइछन् कि उनको फ्लाइट नै छुट्यो। जतिबेला उनी ब्युझिइन्, त्यतिबेलासम्म धेरै ढिलो भैसकेको थियो।
त्यसपछि उनी थप २४ घण्टा बैंककको ट्रान्जिटमा बस्न बाध्य भइन्। उक्त घटनाबाट आफू स्वयं पनि दिक्क भएको उनको फेसबुक स्टाटसमा उल्लेख छ। करिश्माले लेखेकी छिन्- 'मैले आफ्नो फ्लाइट छुटाएँ, ट्रान्जिटकै क्रममा गहिरो निद्रामा परेकाले प्लेन छुट्यो, अब अर्को फ्लाइट २४ घन्टापछि छ। यो घटनाका कारण म आफैंलाई हेट गरिरहेकी छु।'

Share this post

Post a comment

Next Post
Newer Post
Previous Post
Older Post