तपाईं का केहि लेख रचना छन भने हामी लाई दिनुहोस हामी यस साईट मा स्थान दिनेछौ   यहाँ क्लिक गर्नुहोस रचना का लागि l

चेल्सी युरोपा लिग च्याम्पियन

Chelsea-win-Europa-League२ जेठ, काठमाडौं । युरोपा लिग फुटबलको उपाधि चेल्सीले जितेको छ । बुधबार राति भएको फाइनलमा इभानोभिचले अन्तिम मिनेटमा गरेको गोलको मदतमा बेन्फिकालाई २–१ गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो


राफेल बेनिटेजले चेल्सी सम्हालेपछिको यो पहिलो उपाधि हो । रोवर्ट डि माटियालाई बर्खास्त गरेपछि बेनिटेज चेल्सीको अन्तरीम प्रशिक्षक बनेका थिए । उनलाई कहिल्यै स्वीकार नगरेका चेल्सीका समर्थकले उपाधिको खुसी भने मनाएका छन् ।
एम्स्टर्डम एरिनामा भएको खेलमा चेल्सीले ५९ औं मिनेटमा फर्नाडो टोरेसको गोलबाट अग्रता लिएको थियो । तर, ६८ औं मिनेटमा ओस्कार कार्डोजोले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । खेलको अन्तिमतिर पाएको कर्टनमा माटोको प्रहारमा इभानोभिचले हेडगोल गर्दै चेल्सीलाई युरोपा लिगको उपाधि दिलाएका हुन् ।

Share this post

Post a comment

Next Post
Newer Post
Previous Post
Older Post