तपाईं का केहि लेख रचना छन भने हामी लाई दिनुहोस हामी यस साईट मा स्थान दिनेछौ   यहाँ क्लिक गर्नुहोस रचना का लागि l

सुस्तमनस्थितिकी युवती पटक-पटक बलात्कृत

स्याङ्जा, जेष्ठ ३ - सुस्तमनस्थितिकी कोल्माकी एक १९ वषर्ीया युवती छिमेकीबाट पटक-पटक बलात्कृत हुँदै आएकी छन् । महिनांैदेखि बलात्कृत हुँदै आएकी ती युवतीलाई स्थानीय गाउँलेले मिल्न दबाब दिए पनि सहन नसकेपछि कारबाही माग गर्दै प्रहरीकहाँ आएकी छन् । गत वैशाख ३० गते सोमबार कोल्मा १ का ४० वर्षीय देवेन्द्र थापामगरले घरमा एक्लै भएको मौका छोपी बलात्कार गरेको युवतीको जाहेरीमा उल्लेख छ ।
घरमा छोरी अर्धनग्न अवस्थामा रोइरहेको देखेर सोधपुछ गर्दा युवतीले आफू बलात्कृत भएको खुलासा गरेकी थिइन् । 'छिमेकमा बिहेबाट घरमा आउँदा अर्धनग्न अवस्थामा छोरी रोइरहेकी थिई,' युवतीकी आमाले भनिन्, 'छोरीमाथि पटकपटक यस्तो भएकाले सहन नसकेर प्रहरीमा
आएँ ।' घटनाबारे छिमेकीसँग भन्दा स्थानीयस्तरमा मिल्न दबाब दिएकाले प्रहरीमा आएको उनले बताइन् । '६ महिना अगाडि बलात्कृत छोरीले गर्भपतन गराई,' प्रहरीसमक्ष रुँदै उनले भनिन्, 'छिमेकीको दबाबमा छोरीले अब यस्तो भोग्नु नपरोस् ।' ती युवतीलाई ६ महिना अगाडि कोल्मा १ कै वषर्ीय धर्मराज थापाले बलात्कार गरेका उनको आरोप छ । बलात्कार भएपछि छिमेकीले पीडितलाई १५ हजार क्षतिपूर्ति दिने भनी मिलापत्र भएको थियो । 'छिमेकीले प्रहरीमा गए गाउँनिकाला गरिदिन्छौं भन्दै धम्की दिन थालेपछि मिलापत्र गरें,' आमाले भनिन्, 'न त छोरीले राहत पाइ न त १५ हजार रुपैयाँ नै पाइयो ।' पीडित युवतीले आफन्तलाई भनेअनुसार देवेन्द्रका बाबु वसन्त थापालेसमेत पटकपटक बलात्कार खुल्न आएको छ । यता धर्मराज थापाले गाउँकै एक महिलालाई करिब एक वर्ष अगाडि रातिको समयमा बलात्कारको प्रयास गरेको खुल्न आएको छ । प्रहरीले जाहेरीका आधारमा अनुसन्धान सुरु गरेको छ । 'हामीले अनुसन्धान सुरु गरेका छांै,' प्रहरी नायब उपरीक्षक सोमन्द्रसिहं राठौरले भने, 'गाउँमै त्यसरी मिलापत्र भएको बारे अनुसन्ध्ाान गर्दैछौं ।' प्रहरीले यसलाई जबर्जस्ती करणीसम्बन्धी मुद्दा चलाउने तयारी गरेको छ ।    
ekantipur 

Share this post

Post a comment

Next Post
Newer Post
Previous Post
Older Post