सिंगापुरमा यसरी ठगिईन् नायिका केकी अधिकारी (हेर्नुहोस भिडियो)
नेपाली नायिका केकी अधिकारीलाई थाहा थिएन विदेशमा नेपाली बाट नै ठगिनुपर्छ भनेर। तर, उनि नजिकको सोचिएका नेपालीबाट नै प्रदेशमा ठगिनुपरेको छ। यो केकीलाई परेको वास्तविक घटना भने होईन। छिट्टै रिलिज हुने चलचित्र ‘माई प्रमिश’को प्रोमोमा देखिएको दृश्य र संवाद हो यो। सोमवार नेपाली अनलाईन सञ्चारमाध्यहरुबाट सो चलचित्रको प्रोमो सार्वजनिक गरिएको छ।” डेढ मिनेट लामो प्रोमोमा नायिका केकी अधिकारीले विदेशमा नेपालीबाट नै ठगिनु परेको तथा नेपालीले नै भिजा दलाली गर्दै गरेको साथै ठट्यौली कुराहरु पनि देख्न पाईन्छ। सुरज सुब्बा ‘नाल्बो’ निर्देशित ‘माई प्रमिश’ तीज ताका रिलिज हुने बताईएको छ। केकीको साथमा, विल्सन बिक्रम राई, रमेश चन्द्र राई, नर कुमार लिम्बु, अनुराग कुवँर, दया राई, शोभा सुब्बा, मार्टिन खान, अञ्जना राई लगाएतका कलाकारहरुको अभिनय रहेको छ। प्राय: दृश्य सिंगापुरका पाईने यो चलचित्र प्रेम कथा तथा वैदेशिक यात्रामा आधारित छ। टंक लिम्बुले निर्माण गरेको ‘माई प्रमिश’ टिएनआरजि प्रडक्शन प्रालिको ब्यानरमा बनेको छ। रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ साथै महेश खड्काले संगीत दिएका छन्।
Movie
Post a comment
Next Post
Newer Post Previous Post
Older Post
Newer Post Previous Post
Older Post
