तपाईं का केहि लेख रचना छन भने हामी लाई दिनुहोस हामी यस साईट मा स्थान दिनेछौ   यहाँ क्लिक गर्नुहोस रचना का लागि l

आजको पनचाङ्ग तथा राशिफल

आजको पञ्चाङ्ग र राशीफल

आजको पञ्चाङ्ग

वि.सं. २०७० फाल्गुन २७ गते मङ्गलबार तदनुसार ईश्वीसन् २०१४ मार्च ११ तारिख, नेपाल संवत् : ११३४, (चिल्लाथ्व)

चन्द्रमा मिथुन राशिमा, बेलुका ८ बजेर १९ मिनेटसम्म, त्यसपछि कर्कट राशिमा,

काठमाण्डौं, नेपालमा सूर्योदय : ०६:२०:१९ बजे र सूर्यास्त : ०६:०९:३१ बजे,
इटहरी, सुनसरी, नेपालमा सूर्योदय :  ०६:१२:११ बजे र सूर्यास्त : ०६:०२:०० बजे,

फाल्गुन शुक्लपक्षको दशमी तिथि, दिउँसो १ बजेर २२ मिनेटसम्म, त्यसपछि एकादशी तिथि,
पुनर्वसु नक्षत्र मध्यरात्रीपछि २ बजेर ५७ मिनेटसम्म, त्यसपछि पुष्य (तिष्य) नक्षत्र,
सौभाग्य योग दिउँसो १ बजेर ५५ मिनेटसम्म, त्यसपछि शोभन योग,
गर करण दिउँसो १ बजेर २२ मिनेटसम्म त्यसपछि वणिज करण,

राहुकाल दिउँसो ३ बजेर ०५ मिनेटदेखि ४ बजेर ३३ मिनेटसम्म,
काल बारबेला दिउँसो १ बजेर ३६ मिनेटदेखि ३ बजेर ०५ मिनेटसम्म,
रोग बारबेला बिहान ६ बजेर १२ मिनेटदेखि ७ बजेर ४१ मिनेटसम्म र पुनः दिउँसो ४ बजेर ३३ मिनेटदेखि साँझ ६ बजेर ०२ मिनेटसम्म ।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज तपाईंले राम्रोनराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ। विभिन्न ठाउँको यात्रा हुने समय आएको छ। गरेका काममा लाभहानि दुबै हुनेछ। बेलुका घरायसी समस्याहरु देखापर्न सक्छन्। जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ र मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
हिजोआज राम्रै समय चल्दैछ। आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ। घरमा विशिष्ट व्यक्तिलाई अतिथिका रूपमा स्वागत गर्न पाउनु हुनेछ। कुनै विशेष लाभदायक समाचार सुन्न पाइएला। सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आजको दिन सामान्य छ। प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ साथै आत्मसन्तुष्टि प्राप्त हुनेछ। सञ्चार क्षेत्रको कारोबार गर्दा बढी लाभ लिन सकिनेछ। व्यापार व्यवसाय त्यसमा पनि साजसज्जा र श्रृङ्गारका सामाग्री विक्रेताका लागि विशेष लाभदायक छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
दिनभरि मन एकतमासको हुनेछ। अशान्ति र छटपटी व्याप्त हुने छ। विपरीतलिङ्गीप्रति आकर्षण बढ्नेछ र भोगविलासमा तिर्सना जाग्नेछ। माया प्रेमको लागि समय र धन खर्च हुने देखिन्छ। खानपिन, घुमघाम एवं भेटघाटको बेला छ। बेलुकीपख मन फुरुङ्ग हुनेछ। आगामी दिनलाई केकसरी राम्रो र सन्तुलित बनाउने लेखाजोखा गरिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज सन्तति र भाइबहिनीका पक्षबाट सन्तोष मिल्नेछ। व्यवसायिक क्षेत्र लाभप्रद रहने छ। उपहार प्राप्त हुने सम्भावना पनि छ। आम्दानीमा कुनै कमी आउने छैन। भौतिक साधनको जोहो हुनाका साथै मनोरंजनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ। तर साँझमा अचानक निराशाको अनुभूति हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज तपाईंको चाहनाबमोजिम कार्य सम्पन्न हुनेछ। खर्च गर्न मन हौसिने योग छ तर व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ। पारिवारिक सुख मिल्नुका साथै साथीहरुसित मनोरंजन गर्ने अवसर जुर्नेछ। मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग र सल्लाह प्राप्त हुनेछ। सामाजिक क्षेत्र वा राज्यपक्षबाट सम्मानित हुने अवसर पाइने छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज प्रेम र भाइचारा जीवन्त तुल्याउने महत्वपूर्ण दिन हो। त्यसैले आज साँझ उत्तर वा पूर्व दिशाको यात्रा गर्नुहोस् अनि खोला वा पोखरीका जलजन्तुलाई चारा हाल्नुस्। विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ। शुभ कुराको सङ्केत मिल्नेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
खराब समय छ। लामो दूरीको यात्रा हानीकारक हुनसक्छ। यात्राको योजना छ भने बेलुका रात छिप्पिएपछिमात्र थाल्नु बेस हुनेछ, नत्र शरीरमा पीडा हुनेछ। धेरै उमङ्ग नल्याउनु होला, घाउचोट तथा अन्य वस्तुले समेत दुःख दिनसक्छ। दिउँसो अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउनसक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज बेलुकासम्म दाम्पत्य जीवनमा सकारात्मक सम्बन्ध रहने देखिन्छ। तर त्यसपछि त्यत्ति राम्रो छैन। भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ, त्यसैले महत्वपूर्णकाम साँझ पर्नुअघि नै सिध्याउनु होला। बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ। स्वास्थ्यस्थितिमा समेत प्रतिकूलता आउनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज दिनभरि राम्रो समय छैन। पारिवारिक स्वास्थ्यका क्षेत्रमा धन खर्च हुने सम्भावना छ। शरीरमा आलस्य र थकानको अनुभव हुनेछ, आफुलाई पनि चोटपटकको भय छ। खानपिनमा नियन्त्रण गर्नु बेस हुनेछ, साँझमा अचानक भोगविलासको चाहना हुनेछ। विपरीतलिङ्गीसँग सुमधुर सम्बन्ध कायम हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
व्यापार व्यवसाय मध्यम रहेको छ। बौद्धिक क्षेत्र राम्रो देखिन्छ। गरेका कार्यहरुमा ढिलोमात्र सफलता मिल्नेछ। दिनभरि पारिवारिक सम्बन्ध सामान्य रुपले अगाडि वढ्ने छ, तर बेलुका घरायसी वातावरणमा केही धमिलोपन आउने छ। प्रतिकूल समय सुरु हुनेछ। मित्रको व्यवहार पनि शत्रुतापूर्ण हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने योग छ। वैदेशिक रोजगारी गर्ने र प्रवास वा परदेशमा रहनेहरुले आज घरायसी कुरा सम्झेर दिन बिताउने छन्। आकस्मिक रुपमा स्वास्थ्यमा समस्या आउनसक्छ। छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ।

Share this post

Post a comment

Next Post
Newer Post
Previous Post
Older Post