तपाईं का केहि लेख रचना छन भने हामी लाई दिनुहोस हामी यस साईट मा स्थान दिनेछौ   यहाँ क्लिक गर्नुहोस रचना का लागि l

ढुंगा हानेर अराजकता मच्चाएको मात्रा होईन पेस्तोलसहित भेटिएकालाई म छाड्दिनँ : रमेश खरेल


फागुन २५ काठमाडौं प्रहरी प्रमुख
एसएसपी रमेश खरेलले कसैले ढुंगामुढा गरेर
अराजकता मच्चाउँदैमा वा कसैको दबाबमा आएर
गैरकानुनी हातहतियारसहित पक्राउ
परेका नेविसंघका नेताहरुलाई नछाड्ने बताएका छन्।
खरेलले भने, ‘ढुंगा हानेर अराजकता मच्चाउँदैमा पुलिसले छोड्छ भन्ने भ्रम
उनीहरुलाई होला, तर पुलिसले कानुनको कोर्स
पूरा नगरी छोड्ने छैन।’
आजैमात्र (आइतबार) जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट
उनीहरुलाई अनुसन्धानका लागि थप चार दिन हिरासतमा राख्न
अनुमति लिएको जानकारी पनि उनले दिए।
सोमबार बिहान काठमाडौंको सीतापाइलाबाट एउटा पेस्तोल, टु नट टु
र बाह्र बोरका बन्दुकसहित पक्राउ परेका शंकरदेव क्याम्पसका स्ववियु
सभापति शुभराम बस्नेतसहित पाँचजनालाई
प्रहरी हातहतियार तथा खरखजाना कानुनअन्तर्गत
कारबाही चलाइरहेको छ।
खरेलले बस्नेतको टोलीबाट बरामद
भएका तीनवटा हतियारमध्ये
एउटा पेस्तोलको अनुमति नवीकरण
नगरेको जानकारी दिए। ‘स्वीकृति लिएर हतियार
घरमा राख्न पाइन्छ, तर उनीहरु शंकास्पद अवस्थामा बिहान
तीन बजे हतियार लिएर हिँडेका थिए,’ खरेलले भने,
‘उनीहरु हतियार बोकेर कहाँ र किन जाँदै थिए?’
खरेलले भने, ‘नवीकरण नभएको हतियार बोक्नु
भनेको गैरकानुनी हतियार बोक्नुसरह नै हो।’
पक्राउ परेकामध्ये राजेश शाहीले
भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको स्विमिङ पुल
भाडामा चलाएको र उनी त्यसको पैसा नतिरी फरार
रहेको खरेलले जानकारी दिए। पक्राउ परेका अरु शंकरदेव
क्याम्पसअगाडि गाडी तोडफोड गर्ने र जलाउने कार्यमा संलग्न
रहेकोसमेत उनले बताए।
अनुसन्धान सकिएपछि अभियुक्तहरुलाई अदालतमा मुद्दा चलाउने
जानकारी खरेलले दिए।

Share this post

Post a comment

Next Post
Newer Post
Previous Post
Older Post