तपाईं का केहि लेख रचना छन भने हामी लाई दिनुहोस हामी यस साईट मा स्थान दिनेछौ   यहाँ क्लिक गर्नुहोस रचना का लागि l

आजको पनचाङ्ग र राशिफल

वि.सं. २०७१ वैशाख ०५ गते शुक्रबार तदनुसार ईश्वीसन् २०१४ अप्रिल १८ तारिख,
प्लवङ्ग नामको संवत्सर, शाके : १९३६, श्रीसूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. : ११३४, (चौलागा)
आज साँखुयात्रा नेवारी पर्व सकोयात,
चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त),
चन्द्रवर्ण : रातो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : आग्नेय, वारशूल : पश्चिम,

काठमाण्डौं, नेपालमा सूर्योदय : ०५:३८:१० बजे र सूर्यास्त : ०६:३०:३० बजे,
इटहरी, सुनसरी, नेपालमा सूर्योदय :  ०५:३१:१० बजे र सूर्यास्त : ०६:२१:२२ बजे,

वैशाख कृष्णपक्षको तृतीया तिथि, दिउँसो ११ बजेर २० मिनेटसम्म, त्यसपछि चतुर्थी तिथि,
अनुराधा नक्षत्र बेलुका १० बजेर ५५ मिनेटसम्म, त्यसपछि ज्येष्ठा नक्षत्र,
व्यतिपात योग दिउँसो ३ बजेर ४४ मिनेटसम्म, त्यसपछि वरीयान् योग,
बब करण बेलुका १० बजेर ३१ मिनेटसम्म त्यसपछि बालब करण,

राहुकाल बिहान १० बजेर २० मिनेटदेखि दिउँसो ११ बजेर ५६ मिनेटसम्म,
काल बारबेला बिहान १० बजेर २० मिनेटदेखि दिउँसो ११ बजेर ५६ मिनेटसम्म,
रोग बारबेला दिउँसो १ बजेर ३३ मिनेटदेखि ३ बजेर ०९ मिनेटसम्म ।

नयाँवर्ष २०७१ ले के कस्तो ज्योतिषीय प्रभावरहने छ, हेर्न यहाँ क्लिक् गर्नुहोस्

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने योग छ । बढी खर्च र यात्रा दुवैलाई नकार्न सकिन्न । अनाहकमा अरुले गरेका गल्तीको पनि सजाय भोग्नु पर्ने अवस्था आउला । अनावश्यक यात्रा तथा गुप्त र मानसिक रोगले सताउन सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कृषि, पशुपालन र दुग्धजन्य पेशामा संलग्न व्यक्तिका लागि आजको दिन त्यत्ति अनुकूल छैन । आज सबैका लागि प्रणयसम्बन्ध र रतिराग बढाउने समय हो, फकाउने र फुल्याउने काममा नै दिन बित्छ । आज चिताएभन्दा बढी कमाउने योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
प्रतिस्पर्धीहरूले औंला ठड्याउने अवसर पाउने छन् । अनपेक्षित वादविवाद पनि हुनसक्छ । सहयोगी हातहरू पछि हट्न सक्छन् । कुनै कुराले विचलित गराउनुका साथै अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु बेस हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
बौद्धिक र लेखनकार्यमा सफलता प्राप्त हुने योग छ । सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । साथीभाइ र बन्धुबान्धवले तपाईंका सकारात्मक कामको समुचित मूल्याङ्कन गर्नेछन् । खानपान र मनोरञ्जनका लागि राम्रै दिन छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने योग छ । वैदेशिक रोजगारी गर्ने र प्रवास वा परदेशमा रहनेहरूले आज घरायसी कुरा सम्झेर दिन बिताउने छन् । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । आज दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति आकर्षित हुनुहुनेछ । आम्दानीमा कमी आउने छैन । व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आर्थिक क्षेत्र सबल रहने छ भने स्वास्थ्य पनि सकारात्मक रहने छ । कार्य सफल हुँदै जानेछ । रमाइलो यात्रा हुन सक्छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । जीवनसाथीको भरपुर सहयोग प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज नयाँ योजना कार्यान्वयन गर्ने र दीर्घकालीन योजना बनाउने दिन हो । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्न आजको दिन अनुकूल छ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
अहिलेको समय तपाईंको पक्षमा छैन । सुखी र विलासितापूर्ण जीवन व्यतीत गर्न मन लालायित हुनेछ । भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्धमा तिक्तता आउन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । पढाइमा प्रगति हुनेछ । समय उत्साहवद्र्धक रहला । नयाँ ज्ञान प्राप्त हुने योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कृषिकार्यतिर मन जानेछ । प्रयाससाध्य समय छ धैर्य गर्नुहोला । प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ साथै आत्मसन्तुष्टि प्राप्त हुनेछ । विभिन्न महत्वपूर्ण दिनहरू मध्ये आजको दिन विशेष महत्वको दिन हुनेछ । शुभ कुराको सङ्केत मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सुखद यात्राको सम्भावना छ । चिताएको काममा सफलता पाउनु हुनेछ । साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइने छ । दाजुभाइ र दिदीबहिनीले दिएको सुझावलाई पालना गर्दा लाभ प्राप्त हुनसक्छ ।

Share this post

Post a comment

Next Post
Newer Post
Previous Post
Older Post